जेष्ठ ६, २०८१ आईतबार

सार्वजनिक जीवनमा ख्याल गर्नैपर्छ

सम्पादकीय
सार्वजनिक जीवन सबैका लागि चुनौतिपूर्ण हुन्छ । खाएको, बसेको देखि घुमफिरसम्म ख्याल गर्नुपर्छ । बोलीचालीदेखि आफु प्रस्तुत हुने कुराहरु समेत सबैले ख्याल गरिहरेका हुन्छन् । अर्थात, स्वीकार्य सार्वजनिक जीवनमा पुग्न कठिन छ । सार्वजनिक जीवनमा पुगेको व्यक्तिलाई आफ्नो हरपल, दैनिकीहरुमा सचेत भएर काम गर्न उत्तिकै चुनौतिपूर्ण हुन्छ । यो जानेबुझेकै हो । तर, जान्दाजान्दै सार्वजनिक जीवन बारे ख्याल नगर्नु ठुलो बद्मासी हो । जिम्मेवारीका हिसावले माथिल्लो तह पुगेपछि सबै गल्तीहरु स्वीकार्य हुन्छ, यस्तो होइन । त्यसैले पलपल ख्याल गर्न उपयुक्त हुन्छ ।

गत मंगलवार बिर्तामोड वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले विराटनगरमा एक युवतीलाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भयो । जो दुव्र्यवहारमा परिन्, उनैले घटना बारे सामाजिक सञ्जालमा सार्वजनिक गरिदिइन् । एउटा जिम्मेवार व्यक्तिले गरेको गल्तीका सामु युवतीले डर राखिनन् । गलतलाई गलतकै रुपमा सार्वजनिक गर्ने हिम्मत गरिन् । मादक पदार्थ सेवन गरेर जथाभावी व्यवहार देखाउनु गलत हो । सार्वजनिक जिम्मेवारीमा भएको कोहि पनि व्यक्तिले यस्ता कुराहरु ख्याल गर्नुपर्छ ।

घटना भएको केहिबेरमा सामाजिक सञ्जालमा आयो । घटनाले दुवै पक्षमा तनाव भयो । घटना भएको दुई दिनपछि दुवैपक्ष बसेर संवाद पनि भयो । शिवाकोटीले फेरिफेरि यस्ता गल्ती नदोहोराउने भनेर क्षमायाचना गरे । ति युवतीले पनि राम्रो सवक सिकाएर माफी दिइन् । सर्वप्रथम, उनले देखाएको आँटले शिवाकोटी फेरि यस्ता हर्कत गर्दैनन् भन्ने विश्वास गरौं । यो घटना एउटा प्रतिनिधिमुलक घटना मात्र हो । सार्वजनिक जीवनमा सबैले याद गरिरहेका हुन्छन् । सामान्य जीवनमा खास धेरै चासो पनि हुदैन । यसैले, शक्तिमा रहेर जे गर्छु भन्ने मानसिकतामा सबैले त्याग गर्नैपर्छ । कोहि पनि शक्तिका सामु झुक्न हुदैन । अन्याय र अत्याचार विरुद्ध आवाज उठाउनैपर्छ ।

प्रकाशित मिति : पुष २९, २०७९ शुक्रबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]