जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडको व्यापार महोत्सव सफल बनाऔं

सम्पादकीय
कोरोना महामारीले दुई वर्ष रोकिएको बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सव आयोजनाको तयारी गरिएको छ । फागुन ५ गतेबाट १५ गतेसम्म बिर्तामोड–२ रामचोकमा महोत्सव लगाइने भएको छ । आर्थिक क्षेत्र डमाडोल भइरहेको बेला बिर्तामोड उधोग वाणिज्य संघले महोत्सवको आयोजना गरेको छ । आर्थिक क्षेत्रलाई चलायमान गर्न महोत्सवको आयोजना गरेको हो । महोत्सव आयोजना गर्नु मात्र ठुलो कुरा होइन । यसलाई सफल बनाउनु सबैभन्दा ठुलो कुरा हो । त्यसका लागि वाणिज्य संघले सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्नुपर्छ ।

बिर्तामोड वाणिज्य संघको आयोजना र नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ को सहकार्यमा आयोजना गरिने बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवले आयोजकलाई मात्र फाइदा पुग्न हुदैन । त्यहाँ व्यापार गर्ने व्यापारीहरुलाई पनि फाइदा पुग्ने गरि तयारी गरिनुपर्छ । विना पूर्वाग्रह वाणिज्य संघले सबै संघसंस्था र राजनीतिक दलहरुसँग सहकार्य गर्न आवश्यक हुन्छ । बिर्तामोड पूर्वको मुख्य व्यापारीक केन्द्रको रुपमा विकास भइरहे पनि व्यापारको अवस्था अहिले विग्रिएको स्थिति छ । महोत्सवले अवश्य पनि आर्थिक क्षेत्रलाई उत्साहित बनाउने विश्वास गरिएको छ ।
मुलत : बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको उद्देश्य नेपालमा उत्पादित कृषिवस्तु, हस्तकला लगायतको प्रदर्शन प्रवद्र्धन, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सांस्कृति तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचार गर्ने हो । त्यसका लागि आयोजकले पर्याप्त तयारी गरोस् । महोत्सव अन्य ठाउँमा भन्दा फरक र सबैको आकर्षण हुन सक्नुपर्छ । वाणिज्य संघले महोत्सवमा आउनेहरुबाट प्रवेश शुल्क लिएर मेलाको औपचारिकता मात्र पुरा गर्न हुदैन । आर्थिक मन्दीको प्रभावले आम नागरिकमा समस्या भइरहेको बेला समय सुहाउदो व्यवस्थापन मिलाउन सक्नुपर्छ । महोत्सवका नाममा कसैलाई पनि मारमा पार्नु हुदैन । त्यसैले सभ्य र भव्य महोत्सवका लागि सबैसँगको सहकार्य समन्वय आवश्यक पर्छ ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]