प्रधानमन्त्रीलाई माया गरेको भए घिमिरेलाई पनि मत दिनू : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति पद ताकेको बताउनु भएको छ ।
आज प्रतिनिधिसभाका सभामुखका लागि हुन लागेको निर्वाचनअघिको छलफलमा भाग लिने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले प्रतिपक्षमा बसेको भन्ने कांग्रेसले प्रधनमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखमा पनि सघाउनुपर्ने बताउनु भयो ।
‘प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् । उहाँहरु राष्ट्रिय सहमतिको गीत पनि गाइरहनु भएको छ। यदि साँच्चिकै राष्ट्रिय सहमतिको कुरा गरेको हो भने देवराज घिमिरेप्रति कांग्रेसको समर्थन हुनुपर्छ ।’