जेष्ठ ५, २०८२ आईतबार

देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन

काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्नुभएको हो ।

उहाँले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे भएकोले उहाँलाई निर्वाचित गर्न आग्रह गर्दछु ।’

उहाँले भन्नुभयो, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ । उहाँलाई निर्वाचन गरियोस् । र, सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु ।’

मन्त्री लिङ्देनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  १ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]