जेष्ठ ५, २०८२ आईतबार

उपसभामुखका लागि आज मतदान हुँदै

काठमाडौं । आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदैछ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेकाले मतदान हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका थिए ।

इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

प्रतिनिधि सभाको आज बस्ने बैठकबाछ उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]