बैशाख १६, २०८१ आईतबार

नेकाको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ ।

समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर सभापतिले बैठक बोलाएको बताएका छन् । ‘९ः३० बजे बैठकको लागि सभापतिले बोलाउनु भएको छ। छलफलको विषय केही भनिएको छैन । त्यही गएपछि थाहा होला, ‘ ;ह महामन्त्री बद्री पाण्डे भने ।

आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।

आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]