जेष्ठ ६, २०८१ आईतबार

आत्महत्या न्यूनिकरणका लागि गम्भीर बनौं

सम्पादकीय
झापाको कचनकवलमा सात महिनाअघि तीन किशोरीले एकै रुखमा सामुहिक प्राण त्याग गरे । प्रहरीको अनुसन्धानबाट आत्महत्या हुन सक्ने निष्कर्ष थियो । चरम गरिवी र अभावका कारण एकै उमेर समूहका किशोरीले आत्महत्या गरे । त्यसै ठाउँमा मंगलवार एक प्रेमजोडी एकै रुखमा झुण्डिएको अवस्थामा फेला परे । गाउँमा भइरहेको चर्चा अनुसार उनीहरु केहि समयअघि देखि प्रेम सम्बन्धमा थिए । पारिवारिक अस्वीकारका कारण यो घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको यथार्थ, प्रहरी अनुसन्धानबाट बाहिर आउने नै छ । पारिवारिक अस्वीकारको मुख्य कारण जातीय विभेद भन्ने सुनिएको छ ।

मंगलवार काठमाडौंमा एक जना इलामे युवाले शरिरमा आगो लगाए । आगो लगाएर प्राण त्याग गर्ने प्रयास गरेका प्रेम आचार्यले आम नागरिकको जीवनका समस्याबारे सामाजिक सञ्जालमा राखेका छन् । आफ्नै जीवनका भोगाई, सरकारका अनेकौं कमजोरी र विचौलियाको विगविगीले जीवन चलाउन नसकेको निष्कर्षसहित प्राण त्यागको प्रयास गरिएको उनको लेखाईबाट स्पष्ट हुन्छ । उनको जीवनको समस्याको समाधान प्राण त्याग होइन । उनले उठाएका हरेक मुद्धा जायज र यथार्थ छ । त्यस तर्फ राज्य पक्ष गम्भीर हुन नसकेको सत्य हो । एउटा आम मान्छे कसरी चेपुवामा परिरहेको छ भन्ने बारे ति युवाले प्रष्ट्याएका छन् ।

यो घटना ताजा हो । झापा र काठमाडौंमा एकैदिनको घटनाले नेपाली समाजको दर्दनाक समस्या उजागर गरेको छ । झापाका प्रेम जोडी जातीय विभेदको शिकार भए भने काठमाडौंका युवा विचौलियाको शिकार भए । बैंक तथा वित्तीय संस्थाको चरम ज्यादती पनि उनले समस्याका रुपमा उठान गरेका छन् । व्यापक समस्याका बिच आत्महत्या बेठिक छ । यसको न्यूनिकरणका लागि सिंगो समाज सचेत र गम्भीर बन्नैपर्छ । राज्यपक्ष सधैं आम नागरिकप्रति अनुदार छ । राज्य पक्ष आम नागरिकको पक्षमा हुनुपर्छ । यसप्रति सबै जिम्मेवार बनौं ।

प्रकाशित मिति : माघ ११, २०७९ बुधबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]