बैशाख २३, २०८१ आईतबार

संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्छः सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङले संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

आज बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव राख्नु भएको हो ।

संसद् भवनको मुलगेटमा पत्रकार बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न एउटा पत्रकार सम्मेलन कक्ष बनाउनु उपयुक्त हुने नेम्वाङको तर्क छ । उहाँले सो कक्ष दलका नेता, सांसद र सङ्घीय संसद् सचिवालयका पदाधिकारीलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने स्मरण गराउनुभयो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘गेटभन्दा बाहिर पत्रकारहरु क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेर्स्याएर बसेको जस्तो लाग्ने । अनि क्यामेरा र स्टयान्ड लिएर कुँदिरहनु पर्ने । अलि कस्तो कस्तो लाग्दो रहेछ । प्रेस मिट रुम एउटा भव्य बनाउनुपर्छ । जहाँ केही प¥यो भने माननीय सदस्य पनि जानुहुन्छ । दलका नेता पनि जानुहुन्छ । पत्रकार साथी पनि त्यहाँ बस्नुहुन्छ । प्रवक्तालाई पनि सजिलो । यो नियमावलीको महत्त्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर यो भव्य व्यवस्था गरौँ भन्ने आग्रह छ ।’

उपाध्यक्ष नेम्वाङ पत्रकारले संसद्को मुलगेटमा दौडिएर नेताको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताउनुभयो।

प्रकाशित मिति : माघ २५, २०७९ बुधबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]