बैशाख २३, २०८१ आईतबार

बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन तालिम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोश्रो तालिम बुधबारदेखि सुरु गरेको छ ।

बिराट बहुउदेश्य सहकारी संस्था लि.को सभाहल बिर्ताबजारमा तालिम सुरु गरिएको हो । तालिमको एक कार्यक्रमका बिच नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उद्घाटन गरेका छन् । यस तालिममा कोपोमिस तथा ऋण व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिने सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहालले जानकारी दिए ।

नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास शाखाकी संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनार, बिराट बहुउदेश्य सहकारी संस्थाका प्रवन्ध निर्देशक रुद्र सिटौला लगायतको उपस्थिति रहेको थियो । पहिलो दिन नेफ्स्कूनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले तालिम प्रदान गरेका छन् ।

तालिममा विभिन्न सहकारीबाट ३० जनाले सहभागिता जनाएका छन् । नगरपालिकाले यसअघि माघ १४ गते सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : माघ २५, २०७९ बुधबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]