जेष्ठ ६, २०८१ आईतबार

कविता – असान्दर्भिक

अर्जुन दाहाल

धर्मको भक्तजनले
उसको सपना उनीहरू भएको दाबी गरे
अनि उसले प्रश्न गर्यो
उनीहरूको पेशा के हो
कुन सपना बन्न आए
“के उनीहरू गितारिस्ट हुन ?
के उनीहरू सेनाको महारथी हुन?
के उनीहरू अन्तरिक्ष यात्री हुन ?
के उनीहरू महाविद्यावारिधी गरेका प्राध्यापक हुन ?
के उनीहरू कवि हुन ?’’
उनीहरूको पेशा थिएन
उसले हुललाई नेपाली चियाको विज्ञापन सुनायो
‘कैलाश चिया, मुड चेन्ज तुरुन्तै’
उसको मुड पनि त्यस्तै थियो
अनि भिड आयो
सपनाको वाधक बन्न
उसलाई अथक मेहनती बनाउन
उसले मतलब गरेन ।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
‘प्रभु, सपना भनेको के हो ?’
ईश्वरले उसलाई जवाफ दिए
“विपनाको भोलि खोज्ने बाटो ।’’

प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]