बैशाख ८, २०८१ शनिबार

नेवि संघले माग्यो काँकरभिट्टा क्याम्पस प्रमुखको राजिनामा

काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन गर्न नसक्ने हो भने क्याम्पस प्रमुखले राजिनामा दिनुपर्ने नेपाल विद्यार्थी (नेवि) संघले बताएको छ ।

आज क्याम्पस प्रशासनले काँकरभिट्टाको स्ववियु निर्वाचन हुने नहुने भन्ने विषयमा पत्रकार सम्मेलन गरिरहेको ठाउँमा आइपुगेको नेवि संघले पत्रकार सम्मेलन हुनु पूर्व नै माहोल बिथोलेको हो  । नेवि संघ जिल्ला सभापतिकै रोबरमा नेवि संघका विद्यार्थीहरुले पत्रकार सम्मेलनको लागि तयार पारिएको अवधारण पत्र खोसेर च्यातेका थिए ।

नेवि संघले कुनै एक संगठनको अराजकतालाई समर्थन गर्दै सात वर्ष पछि हुन लागेको स्ववियु नरोक्न क्याम्पस प्रशासनलाई निर्देशन दिएको छ ।

जिल्ला सभापति निरौलाले क्यम्पस प्रमुख लक्ष्मी उप्रेतीलाई चैत ५ गते निर्वाचन गर्न सक्नुहुन्न भन्ने तपाई राजिनामा दिनुस् भनेका हुन् । साथै उनले क्याम्पस प्रमुखलाई एमालेको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप पनि लगाएका छन् ।

क्याम्पसले सार्वजनिक गर्न लागेको उक्त पत्रमा अर्को सूचना प्रकाशित नभए सम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिएको थियो । साथै अनेरास्ववियु (एमाले समर्थक) का कार्यकर्ता सन्तोष धमला र सन्देश पौडेललाई तीन महिनाको लागि क्याम्पसबाट निलम्बन गरेको जानकारी दिएको थियो ।

यो पनि हेर्नुहोस् :https://www.ijalas.com/?p=44130

प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार  ५ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]