बैशाख २४, २०८१ सोमबार

ओरियन्सका युवाले पीडित राजवंशीलाई घरमै पुगेर धम्क्याए

बिर्तामोड । ग्लोवल ओरियन्सका चार जना युवाहरुले पीडितलाई घरमै गएर धम्की दिएका छन् । मेचीनगर –१३ का नियन राजवंशीले आफुलाई शुक्रवार साँझ घरमै आएर धम्की दिएको जानकारी दिए ।

धम्की दिन सुरज गिरी, रोहन लिम्बु, आशिष कन्दङवा र समिर लिम्बु राजवंशीको घरमै पुगेका थिए । ग्लोवल ओरियन्समा आफ्नै साथी आरती सुवदीको विश्वासले आवद्ध हुँदा ठगिएका राजवंशीले सूचना दिएको भन्दै उनलाई बिर्तामोड आएर देखाउन उनीहरुले धम्की दिएका हुन् । ओरियन्सले विभिन्न आश्वासन दिएर आफ्नो लगानी समेत फिर्ता नदिएको विषय इजलासलाई जानकारी दिएका राजवंशीलाई घर गई चार जना युवाले धम्क्याएका हुन् ।

राजवंशीले घर निर्माण मजदुरी गरेर कमाएको पैसा ३६ हजार ५ सय ओरियन्सलाई बुझाए पनि कुनै लाभ नभएको बताएका थिए । उनले तालिम र बस्न खानका लागि भन्दै दुई पटकमा थप ५ हजार समेत बुझाएका थिए ।

पीडित राजवंशीले आफु ओरियन्सबाट ठगिएकाले केहि कुरा गर्न चाहन्न भन्दाभन्दै घर पुगेका युवाहरुले धम्क्याएपछि उनले सामाजिक सञ्जालमा त्यसबारे भिडियो बनाई सार्वजनिक समेत गरेका छन् ।

यस बारे बिर्तामोड भगवान चोकमा कार्यालय सञ्चालन गरिरहेका नाम्विन लिम्बु ‘सरोज’ ले जानकारी नभएको बताए । उनले भने, बिर्तामोडमा मेरो मात्र ओरियन्सको कार्यालय छैन, ति नाम गरेका व्यक्तिहरुको बारेमा थाहा पनि छैन । आफ्नो कार्यालयबाट कोहि पनि त्यसरी नगएको उनको भनाई छ ।

भद्रपुर रोडस्थित विजुली अफिल उत्तरमा रहेको ओरियन्स कार्यालयका सञ्चालक पारसमणि प्रधानलाई घटना बारे बुझ्न सम्पर्क गर्दा फोन रिसिभ भएन ।

र यो पनि पढ्नुहोस् : साथीको लहैलहैले ओरियन्समा फसेका युवाको बयान 

प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]