बैशाख १७, २०८१ सोमबार

ग्लोवल ओरियन्स नेपालको प्रेस विज्ञप्ति

उपरोक्त सम्बन्धमा, यस ग्लोवल ओरियन्स नेपाल प्रा.लि.को नामसँग जोडेर प्रकाशित विविध समाचारहरु प्रति यस कम्पनीको ध्यानाकर्षण भएको सम्बन्धमा यस कम्पनीको भनाईलाई समेत प्रकाशित गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

१, ग्लोवल ओरियन्स नेपाल प्रा.लि. मिति २०७७ आषाढ २९ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट प्रत्यक्ष विक्रि (व्यवस्थापन तथा नियमन गर्न बनेको) ऐन, २०७४ र नियमावली, २०७६ वमोजिम इजाजत पत्र प्राप्त कम्पनी हो । नेपालमा हालसम्म १५ वटा कम्पनीले इजाजत प्राप्त गरी व्यवसाय गरिरहेको अवस्था छ ।
२, यस कम्पनीले ऐनले तोके वमोजिम नै स्थानीय निकायमा सम्पूर्ण दर्ता प्रक्रिया पुरा गरी वाणिज्य विभागबाट अनुमति लिएर मात्र विक्रि कक्षहरु ठाउँ ठाउँमा संचालन गरिरहेको छ । विर्तामोड पनि त्यस मध्ये एक विक्रि कक्ष पर्दछ ।
३, कम्पनीले हालसम्ममा ५० थरीका विभिन्न अद्धितीय आहारपुरक वस्तुहरु तथा हर्बल कस्मेटिकहरु उक्त विक्रि कक्षहरुबाट विक्रि वितरण गरिरहेको छ ।

४, ऐनले भने वमोजिम १८ बर्ष उमेर पुगेका कुनै पनि नेपाली नागरिकहरु विक्रि सम्झौता फर्म भरी वितरक बन्न सक्नेछन् र वितरक बनीसकेपछि विक्रि अनुपातको आधारमा ऐनले नै व्यवस्था गरेवमोजिम कमिसन वा वानेस वा सेवा सुविधा कुल विक्रिको ४२ प्रतिशत भन्दा बढी नहुने गरी प्राप्त गर्न सक्नेछन् ।

५, कुनै पनि वितरकहरुले कम्पनीमा उपलब्ध सामानहरुको बारेमा उपभोक्ताहरुलाई परामर्श गर्ने, गोष्ठी गर्ने जस्ता विक्रि प्रबर्धनका कार्यहरु गर्न गराउन सक्दछन् ।

६, कुनै पनि उपभोक्ताहरुले आफुलाई आवश्यक सामानहरु आफ्नो सामथ्र्य र क्षमता अनुसार खरिद गरी लान सक्दछन् ।

७, यस कम्पनीको सामानहरु प्रयोग गर्दा कुनै समस्याहरु आएमा खरिद गरेको ३० दिनभित्र पुनः प्रयोग योग्य बस्तुहरु फिर्ता गरी पैसा लिन सक्दछन् । तर भ्याट रकम तिरिसकेको छ भने उक्त भ्याट रकम भने फिर्ता हुनेछैन ।

यसरी यस कम्पनीका सामानहरु प्रत्यक्ष विक्रि पद्धतिको मुल्य मान्यता र अभ्यास अनुसार संचालन भईरहेको व्यहोरा अवगत गराउदैं नेपालमा यसको पुर्ण रुपमा अभ्यास नभैसकेको हुनाले र हुने क्रममा रहेको हुनाले टिकाटिप्पणी हुनु स्वभाविक नै हो । यस कारोवारमा प्रायः उपभोक्ताहरुले सामान खरिद गरी प्रयोग पनि गरीसकेका हुन्छन् र पनि कम्पनीसँग मेरो पैसा छ भन्ने सोचीरहेका हुन्छन्, यो नै गलत छ । नेपालमा अन्य कुनै पनि कारोवारमा ३० दिन भित्र सामान फिर्ता गरी रकम दिने प्रचलन छैन तर प्रत्यक्ष विक्रि कम्पनीहरुले यसो गरिरहेका छन् भने यदि चित्त नबुझेमा, कसैले प्रलोभनमा पारी सामान खरिद गराएमा के गर्ने भन्ने सामाधान कै लागि ३० दिन भित्र फिर्ता गर्ने प्रावधान राखिएको स्पष्ट छ । सामान खरिद गरेर प्रयोग गरिसेक पछि के को रकम फिर्ता गर्ने कम्पनीले ? कम्पनीसँग कुनै दायित्व नै हुदैंन । तसर्थ यस विषयमा बुझ्नु र उपभोक्ताहरु पनि सचेत हुन जरुरी छ । ५ महिना, बर्ष पछि म ठगिए भन्नु कानुनसम्मत पनि हुदैंन । तत्कालको घटना छ भने कम्पनीले सामान फिर्ता लिएर खरिद रकम फिर्ता गर्छ, कुनै समस्या नै भएन र धेरै भन्दा धेरै यस्ता घटनाहरु यसै गरी फिर्ता गरेर मिलाईरहेको, कम्पनी जिम्मेवार भईरहेको यर्थातता हामीसँग छ ।

तसर्थ, इजलास दैनिकले यस्ता प्रतिनिधि घटनाहरुलाई उजागर गर्नु, कम्पनीलाई सचेत गराउने जमर्को गर्नु आफैंमा राम्रो रहे पनि घटनालाई वास्तविकता भन्दा भ्रम श्रृजना गर्ने र कम्पनीको गतिविधिलाई नै वाधा हुने कार्य सान्दर्भिक नरहेको यस कम्पनीको बुझाई छ । जति समाचारहरु प्रकाशित भएका छन्, निलो सुटधारीहरुको शिर्षक दिएर वा कुनै पात्रको नाम दिएर, ती घटनाको वास्तविकता आफ्नो ठाउँमा होला, तर कसैले सुट लाएर व्यापार गर्ने मौलिक हक अधिकारमा नै कुंठा श्रृजना गरेको जस्तो, यहि कम्पनीको सप्लीमेन्ट्स प्रयोग गरेर स्वास्थ्य लाभ गरेको, यहि पद्धतिमा सफल भएर आफ्नो जीवन गतिशील बनाएको राम्रो पक्षहरुको बाहुल्यता पनि यस कम्पनीमा छन्, ती विषयहरुलाई पनि समावेश गरेर न्युज प्रकाशित गरिदिए समाजले बुझ्ने मौका पाउने थियो । सु–सुचित हुने अवसर पाउने थियो ।

न्युजलाई नकारात्मक मात्र बनाएर प्रकाशित गर्दा विषय भोली ठिक हुन्छ, तर सम्बन्धित व्यक्ति र कम्पनीको बद्नाम आज हुन्छ । यसले समाजमा लाभ भन्दा हानी नै बढी गर्छ । विगतका अभ्यासले पनि यस्तै पुष्टि गरिरहेको छ । आज समाजमा रोजगारी नपाएर राम्रो संगत नपाएर रुमल्लिएका युवाहरुलाई सचेत बनाउने, सेल्सम्यान भएर आम्दानी गर्ने अवसर प्राप्त गर्ने र स्वास्थबद्र्धक सामान प्राप्त गर्न सक्ने जीवन र स्वास्थ्यको बारेमा बुझ्न बुझाउन सक्ने सचेत उपभोक्ता बन्न सक्नु र त्यो अवसर सृजना गर्नु पनि ठूलो उपलब्धी हो ।

युवाहरु खाडीको मुलुकमा मात्र होईन, नेपालमा पनि केही गर्न सक्छन् भन्ने भाष्य स्थापित गर्न खोजिरहेको यस पद्धतिलाई प्रबर्धन गर्न, मर्यादित बनाउन बरु के के गर्न पर्छ, त्यतातर्फ ध्यान दिन सके अर्थतन्त्र पनि चलाएमान हुन सक्थ्यो भन्ने हाम्रो बुझाई रहेको छ । यसकारण, श्रीमान सम्पादकज्यु तथा प्रकाशकज्युलाई घटनालाई अतिरञ्जित बनाउने भन्दा पनि सत्य तथ्य बुझी सबै पक्षहरुको विवेचना गर्दै सहजीकरण गर्नको लागि हार्दिक अनुरोध गर्दछौं ।

सुमित गौतम, निर्देशक
ग्लोबल ओरियन्स नेपाल प्रा.लि.

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  १ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]