बैशाख २४, २०८१ सोमबार

अनेमसङ्घको अध्यक्षमा टुका हमाल

झापा । नेकपा (एमाले) को जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्षमा टुका हमाल निर्वाचित हुनुभएको छ । यहाँ भएको साताँै राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, मेनुका काफ्ले, मेनका पोखरेल, रूक्मणी राना र सुमित्रा विसी निर्वाचित हुनुभएको छ । महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँल निर्वाचित हुनुभएको छ । सचिवमा विणादेवी राई, बीना साह, शारदा कुमाल, नरदेवि पुन, बीना ज्ञवाली, मीना रखाल र आशा विक निर्वाचित हुनुभएको छ । सङ्घको सातौ अधिवेशन यही २५ र २६ गते काठमाडौँमा भएको थियो । एमालेले आफ्ना सबै जनवर्गीय सङ्गठनलाई अधिवेशन यही चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशन दिएको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  ३ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]