बैशाख २४, २०८१ सोमबार

पहिचानको नाममा गुण्डागर्दी : ओली

फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा गुण्डागर्दी भएको बताएका छन् । उनले आज फिदिममा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले पहिचानको नाममा राजनीति गर्नेहरुले समाजमा केही पनि सकारात्मक कार्य नगरेको आरोप लगाएका छन् । उनले भने ‘पहिचानको कुरा गर्नेहरुले समुदायको उत्थानको लागि अहिलेसम्म केही पनि काम गरेको देखिदैन । तपाईहरु समाजको उत्थानको निम्ति लाग्नुहोस् । सामाजिक हीतले मात्र पहिचान स्थापित गर्छ ।’

सबैले राजनीति गर्दा पिछडिएको क्षेत्र र नागरिकहरुको पक्षमा राजनीति गर्नुपर्ने ओलीले बताएका छन् । उनले पहिचानको नाममा हिंसात्मक आन्दोलन तत्काल बन्द हुन पर्ने बताए । उनले यस्तै हिंसात्मक आन्दोलनहरुले गर्दा संसरको अन्य मुलुकको गतिमा नेपालमा विकास नभएको बताएका छन् । उनी भन्छन्, ‘संसार धेरै अगाडि बढिसकेको छ । हामी चाहिँ यस्तै कारणहरुले पछाडि परिरहेका छौं ।’

देशलाई विकासमा गति दिन देशको नेतृत्व एमालेले गर्नुपर्ने उनको तर्क छ । उनले सबै नागरिकहरुलाई एमालेमा संगठित हुन आह्वान गरेका छन् । साथै, सबै नागरिकलाई पार्टीमा संगठित गराउन एमालेका नेता कार्यकताहरुलाई निर्देशन पनि दिएका छन् ।

उनले राष्ट्र निर्माण गर्ने र गरीबी हटाउने काम एमालेले मात्रै गर्ने बताउँदै अन्य पाटीहरुलाई पनि यस्ता काम गरेर देखाउन चुनौति दिएका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार  १२ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]