जेष्ठ ६, २०८१ आईतबार

संघीयतामाथि पुनर्विचार हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्बैद्ठरीय समिति वैठकमा संघीयताबारे कुनै निर्णय नभएको प्रष्ट पारेको छ। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले संघीयतामाथि पुनर्विचार नगर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएको जानकारी दिए ।

उनले भने, ‘एमालेको बैठकमा संघीयताको बारेमा बहस सुरु भयो एमालेले संघीयतामाथि पुनर्विचार गर्नुभयो अब संघीयता नमान्ने भन्ने हल्ला चलेका छन् । त्यो अध्यक्षले खारेज गर्नुभएको छ। संघीयता अहिले छलफलको विषय होइन ।’

केही व्यक्तिले छलफलको क्रममा राखेको विषयलाई पार्टीको आधिकारिक निर्णय जस्तो गरेकोप्रति अध्यक्ष ओलीले आपत्ति जनाएको उनको भनाइ छ।

उनले भने, ‘यो पार्टीको विधि र पद्धतिकै हिसाबले गरेको छ। संविधानको निर्माता एमाले हो। यो संविधानलाई बनेपछि नाकाबन्दी समेत सहेका छौँ। त्यसैले यो संविधानविरुद्ध हामी जान्दैनौँ ।’

बैठकमा गोकुल बास्कोटा, महेश बस्नेतलगायत नेताहरूले संघीयतामाथि प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]