जेष्ठ ४, २०८१ शुक्रबार

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए आफैँ जेल जान तयार छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् ।

यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको उनले घोषणा गरे ।

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे ।

राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए ।

भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले समेत रुजु गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडिओबारे प्रश्न सोधेका थिए । उनले प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिए । शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने आरोप आरोपमात्रै भएको बताए ।

‘म बडो जोड दिएर भन्न चाहन्छु, यो आरोपका लागि लगाइएको आरोप मात्र हो,’ उनले भने, ‘शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाबकिताबको रेकर्ड राखिएको छ ।’

उनले यो विषयलाई राजनीतिक आग्रहका साथ उठाउने गरिएकोमा आफू आश्चर्यमा पर्ने गरेको बताए ।

प्रचण्डले थपे, ‘अडिटबाट टुंगो लगाइसकेको विषय हो । तर, यदि कसैले उजुरी गरेमा आवश्यक छानबिन गरेर दोषी प्रमाणित भए म आफैं जेल जान तयार छु ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]