जेष्ठ ५, २०८१ शनिबार

अनेरास्ववियु झापाको अधिवेशनको तयारी पुरा

बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी परा भएको छ । यही जेठ २९ गते बिर्तामोडमा हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

बिर्तामोडको सिटी सेन्टरमा हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक रोशन लामाले जानकारी दिए । लामाका अनुसार आयोजक सहित ७०३ प्रतिनिधिले अधिवेशनमा सहभागी हुने छन् । अधिवेशनको प्रमुख अतिथिको रुपमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिप बडाल आउने निश्चित तय भएको छ ।
अधिवेशनबाट ३९ सदस्यीय जिल्ला कमिटी चयन हुने भएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, जिल्ला सदस्य निता घतानीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव नारायण पोखरेलले गरेका थिए ।

अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर आफूले १७ महिना काम गरेको बताउँदै लामाले २०७३ सालको स्ववियु निर्वाचनमा झापाका दुई वटा क्याम्पसमा मात्र जितेको अनेरास्ववियुले आफ्नो कार्यकालमा जिल्लाका १२ वटामध्ये ६ वटामा विजय हासिल गरेको उल्लेख गरे । उनले शैक्षिक मुद्धामा पनि धेरै काम भएको दावी गरे ।

प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]