बैशाख २१, २०८१ शुक्रबार

चिन्ताको विषय नबनेको लागुऔषध नियन्त्रण

सम्पादकीय
नेपाली समाजमा अहिले सबैभन्दा ठुलो समस्या बनिरहेको छ, लागुऔषध । लागुऔषध दुव्र्यसनले नेपाली समाज विस्तारै उजाड हुदैछ । धेरैजसो परिवारमा यसको नराम्रो असर छ । परिवारहरुमा विग्रह ल्याएको छ । आर्थिक जीवनमा ठुलै असर गरिरहेको लागुऔषधले सामाजिक जीवनलाई पनि चौपट बनाएको छ । समाजमा लागुऔषध दुव्र्यसनले जरो गाढिरहेको नेतृत्व वर्गमा जानकारी छ । बजार क्षेत्रमा मात्र होइन, गाउँगाउँसम्म यसको सञ्जाल फैलिएको छ । तर, पनि सम्बन्धित निकाय गम्भीर बन्न सकेको छैन । यसलाई चिन्ताको विषय बनाइएको छैन ।

लागु पदार्थ एवम् तस्करी विरुद्धको अन्तराष्ट्रिय दिवस भर्खरै मात्र मनाइएको छ । उक्त कार्यक्रम मार्फत लागुऔषधले जीवनमा पार्ने असरका बारेमा सचेतना फैल्याइएको छ । लागुऔषधले समाजमा यति ठुलो सञ्जाल बनाइसकेको छ, जसको नियन्त्रण सामान्य ढंगबाट संभव छैन । यसका लागि राज्य पक्ष गम्भीर हुनैपर्छ । राज्य पक्ष गम्भीर हुनुपर्छ । साथै, स्थानीय तहहरु लागुऔषध कारोवार वा प्रयोगलाई नियन्त्रण गर्न प्राथमिकताका साथ लाग्नैपर्छ । स्थानीय तहहरुले बजेट नै व्यवस्था गरेर लागुऔषध नियन्त्रण रोक्न कार्यक्रम बनाएको विरलै पाइन्छ ।

झापामा खुला सीमाका काण कारोवारीहरुले फाइदा उठाइरहेका छन् । जिल्लामा ठुलो कारोवार भइरहेको छ । कारोवार र प्रयोगको मात्रा झापामा ठुलो छ । तथ्याङकमा हेर्दा, बिर्तामोडको अवस्था भयावह छ । इलाका प्रहरी कार्यालय अनारमनीमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लागुऔषध कारोवार गर्नेहरु विरुद्ध ४४ वटा मुद्धा दर्ता भएको छ । त्यसमा ५६ पुरुष पक्राउ परेका छन् भने ७ महिलालाई प्रहरीले पक्राउ गरेको तथ्याङक छ । इप्रकाका अनुसार २१८ ग्राम लागुऔषध बरामत गरियो । ०७८÷०७९ मा बिर्तामोडमा ४०१ ग्राम लागुऔषध बरामत गरिएको थियो । ५३ वटा मुद्धा दर्ता भएका थिए भने ८ महिलासहित ७९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्लाभरको अवस्था झनै डरलाग्दो छ । यसतर्फ सबैको ध्यान जाओस् । सबैको चिन्ताको विषय बन्न सकोस् ।

प्रकाशित मिति : असार १३, २०८० बुधबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]