बैशाख २१, २०८१ शुक्रबार

होटलवालाले बालबालिका ख्याल गरुन्

सम्पादकीय

होटल व्यवसायलाई सुरक्षित एवम् मर्यादित बनाउनुपर्छ । त्यसको लागि होटल व्यवसायी सबैभन्दा पहिले सचेत र सजग हुनुपर्छ । होटल व्यवसाय पर्यटनसँग जोडिएका कारण कुनै पनि मानेमा लापरबाही वा कमजोर गर्न हुदैन । होटल व्यवसाय व्यापार मात्र होइन । यो पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण छ । होटल व्यवसाय सुरक्षित भए मात्रै त्यस क्षेत्रका होटल व्यवसाय फस्टाउन सक्छन् र पर्यटकहरु पनि रोजाई पर्छ । होटल व्यवसायको क्षेत्रले पछिल्लो समय ख्याल नगरेको एउटा विषय छ । त्यो भनेको बालबालिका हो । बालबालिकालाई खासै ख्याल नगरेको जस्तो देखिन्छ ।

होटल व्यवसायीहरुले होटलमा आउने कुनै पनि उमेर समूहलाई ख्याल गर्नुपर्छ । त्यसमध्ये बालबालिकाहरुलाई विषेश ख्याल गर्नुपर्छ । होटल छिर्ने बालबालिकाहरु के खाइरहेका छन् ? उनीहरुको होटलभित्र हुने गतिविधि के हो ? यसतर्फ ध्यान नगएको पाइन्छ । बालबालिकाहरुलाई मादकपदार्थ, चुरोट विक्री गर्ने गरेको भेटिन थालेको छ । बालबालिका उमेर समूहलाई मादकपदार्थ विक्री गर्न पाइदैन । व्यापारीले आफ्नो व्यापार मात्र हेरेर हुदैन । १४-१५ वर्ष उमेरका बालबालिकाहरुलाई रक्सी विक्री गर्न नाजायज हो । यसले समाजलाई गलत बाटोमा लैजान्छ ।

साना बालबालिकाहरु १४-१५ वर्षमै साथीभाईसँग होटल छिरेर रक्सी खाने कुरालाई पचाउन सकिन्न । होटल छिरेर रक्सी खान सक्नेहरुले विस्तारै कुलतमा फस्न सक्छन् । यसैले होटल व्यवसायीले बालबालिकाहरुलाई रक्सीजन्य कुनै पनि पदार्थ विक्रीमा प्रतिवन्ध लगाउनुहोस् । खानपानका लागि मिल्ने खाजाहरुबाहेक कुनै पनि मादकपदार्थलाई प्रतिवन्ध गर्नुपर्ने देखियो । त्यति मात्र होइन, होटलहरुमा आफ्ना साना छोराछोरीहरु किन गइरहेका छन् भन्ने विषयको खोजी पनि गर्नुपर्छ । अभिभावकले खोजी नगर्दा पनि यस प्रकारका समस्याहरु बढ्दै गइरहेका छन् । यसैले होटल व्यवसायी र अभिभावकले यो विषयमा गम्भीर भई बालबालिकाहरुलाई बेलैमा गलत बाटोबाट जोगाउनुपर्छ ।

प्रकाशित मिति : असार १८, २०८० सोमबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]