जेष्ठ ५, २०८१ शनिबार

स्वास्थ्य बीमाको उपचार सेवा व्यवस्थित गर

सम्पादकीय
सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी छ । बीमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रभावकारी हुन सकिरहेको छैन । तथापि, बिमितहरु सदस्य भएकै कारण उपचारका लागि सक्दो मेहनत गरिरहेका छन् । हुनतः सेवा लिनेहरुको संख्या बढेपछि व्यवस्थापनमा कठिनाई नै हुन्छ । तर, त्यसको विकल्पमा अस्तव्यस्त बनाउन पाइदैन । कुनै हालतमा बीमा सेवा प्रदान गर्ने अस्पतालहरुले व्यवस्थापनलाई मिलाउनैपर्छ ।

स्वास्थ्य बीमा गर्नेमा देशभर झापा सबैभन्दा अगाडि छ । ७ लाखभन्दा बढिले झापामा स्वास्थ्य बीमा गरिसकेका छन् । सबैभन्दा धेरै बीमा गर्ने जिल्लामा झापा अगाडि छ । बीमा गर्नेहरुको संख्या बढेपनि उपचार केन्द्रको संख्या पर्याप्त छैन । उपचार गर्दै आएका स्वास्थ्य संस्थाले व्यवस्थापकीय पाटोलाई मिलाउन सकिरहेको छैन । झापामा २१ वटा अस्पतालमा बीमा मार्फत उपचार हुदै आएको थियो । अहिले अस्पतालहरुमा विरामीको चाप असाध्यै बढेर गएको छ । विरामीको चाप अनुसार अस्पतालको व्यवस्थापन मिलेको छैन ।

स्वास्थ्य बीमा गर्नेहरुलाई उपचारमा धेरै कठिनाई छ । सरकारी अस्पतालमा विरामीको चाप धेरै छ । सेवा दिने जनशक्तिको संख्या कम छ । विरामीहरुका लागि आवश्यक पर्ने उपकरणको अभाव छ । औषधि प्रायःपाइदैन । निजीको हकमा बीमा गर्नेहरु दोस्रो दर्जामा हेरिन्छ । उनीहरुलाई प्राथमिकता दिइदैन । पैसा तिरेर उपचार गर्न जानेहरुलाई निजी अस्पतालमा सुविधा छ । तर, बिमितहरु प्रक्रिया पुरा गर्दागर्दै हैरानी हुने अवस्था हुन्छ । मुख्य कुरा बीमा मार्फत उपचार गर्न जानेहरुलाई डाक्टरले राम्रोसँग हेर्दैनन् । समय पनि खासै दिदैनन् । नत, सल्लाह सूझाव नै राम्रो दिने अवस्था छ । बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने हो भने अस्पतालहरुले सेवालाई सुधार गर्नुपर्छ । डाक्टरलाई राम्रोसँग सम्झाउन जरुरी छ । बिमितलाई प्राथमिकता दिनुपर्छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]