जेष्ठ ५, २०८१ शनिबार

अनलाईन सामान खरिदमा सजग बनौं

सम्पादकीय

पछिल्लो समय युवा उमेर समूहले धेरैजसो सामग्रीहरुको खरिद अनलाईन मार्फत गरिरहेका छन् । अनलाईन व्यापारमा सक्रिय व्यवसायिक संस्थाहरुले मोवाइलमै आफ्नो व्यापार बुष्ट गरेर व्यापार गरिरहेका छन् । सामाजिक सञ्जालहरुबाटै व्यापार गर्ने अनलाईन व्यवसायी संस्थाहरुमा युवाहरुको आकर्षण बढ्दो छ । केहि समयदेखि अनलाईन व्यापार बढ्दै गएपछि त्यसमा विकृति पनि उत्तिकै मौलाइरहेको छ । पसल थापेर व्यापार गर्नेहरुलाई अनलाईन व्यापारले चुनौति समेत थपिरहेको छ । झट्ट हेर्दा आकर्षक देखिने सामानहरु अनलाईनबाटै अर्डर गर्ने र खरिद गर्ने काम भइरहेका छन् ।

भर्खरै नेपाल प्रहरीले अनलाईनबाट सामान खरिद गर्दा सचेत हुन आग्रह नै गरिसकेको छ । अर्थात, प्रहरीले सूचना नै जारी गरेर सचेत हुन आग्रह गरेको हो । अनलाईनबाट अग्रिम भुक्तानी गरेर सामान खरिद गर्ने गरिन्छ । तर, पछिल्लो समय अग्रिम भुक्तानी गर्दा पनि सामान नआएको धेरैको गुनासो छ । प्रहरीमा समेत भुक्तानी गर्दा पनि सामान नआएको भन्दै उजुरीसम्म परेको छ । अनलाईन व्यापार चम्किएपछि अनलाईनको नाममा ठगी गर्ने गिरोह समेत सक्रिय रहेको प्रहरीको भनाई छ । त्यसैले अनलाईन खरिदमा सचेत हुनुपर्ने समय आएको छ ।

अनलाईन व्यापारका लागि सामाजिक सञ्जालको माध्यमबाट विज्ञापनहरु गर्ने गरेको पाइन्छ । कतिपयको आफ्नै साइटहरु पनि छन् । अबका दिनमा अनलाइनबाट सामान खरिद गर्नेहरुले आधिकारिकता पत्ता लगाएर मात्रै अनलाईन कारोवार गरौं । नत्र, आफ्नो लगानी मात्रै खेह्र जान सक्छ । अनलाईनबाट माग गरिएका सामानहरुमा पनि धेरैले गुणस्तरमाथि प्रश्न उठाइरहेका छन् । अनलाईनबाट आयात गरिने सामानको गुणस्तर लगायत कुनै पनि समस्याहरु आएका प्रहरीमा उजुरी गरेर विकृति रोक्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं ।

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  १० : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]