बैशाख २०, २०८१ बिहीबार

स्वदेश फर्किए योगदान गर्नुहोस्

सम्पाकदीय
लाखौं लाख रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थी देश बारिह अध्ययनका लागि गइरहेका छन् । अध्ययनका लागि संसारको जुनसुकै कुनामा जान सकिन्छ । तर, पछिल्लो समय नेपाली विद्यार्थीहरु अध्ययन सकेर पनि स्वदेश नफर्किने प्रवृत्ति बढेको छ । स्वदेशभन्दा विदेशमै आर्थिक उन्नति हुने देखेर विद्यार्थीहरु फर्किन चाहिरहेका छैनन् । सबैलाई खुशी जीवनको अपेक्षा हुन्छ । कठिन मेहनतभन्दा पनि सुख, सुविधा सबैको चहाना हो । तर, सबैले त्यसै गर्ने हो भने देश बनाउने कसले ? देशको परिस्थिति विग्रिदै गइरहेको छ । वृद्ध पुस्ता मात्रै स्वदेशमा बसेर देश बन्दैन । युवाको योगदान जरुरी छ ।

एक जना पुराना पत्रकारले झापाको एउटा कार्यक्रममा अमेरिका बसाई पूर्णविराम लगाएर फर्किए पछि किन फर्किनु भयो भन्ने जिज्ञासाको सामना गर्नुभयो । अमेरिकामा एक चिज बाहेक सबै छ । सुख, सुविधा जस्तो चाहे पनि पुरा हुन्छ । तर, खुशी आनन्त छैन । त्यहाँ ठुला, सुविधा सम्पन्न घरहरु छन् । चिल्ला सडक र आवश्यक वस्तुको पर्याप्तता छ । तर, खुशी पाउन मुस्किल भन्ने जवाफ अमेरिकाबाट फर्किएका पत्रकारले जवाफ दिए । नेपाल प्राकृतिक सुन्दरता देखि धार्मिक सांस्कृति हिसावले सम्पन्न छ । संसारको ध्यान आकर्षण नेपाल छोडेर किन जाने ? पैसाका लागि, सुविधाका लागि ? समीक्षा गरौं ।

मुलुकमा राजनीतिक अस्थिरताका कारण कयौं समस्याहरु जन्मिएका छन् । यहाँ गरिखान पनि कठिन छ । तर, यहि कठिनता देखाएर भाग्ने हो ? आउने नयाँ पुस्ताको सहजताका लागि बाटो बनाउनु पर्दैन ? नेतालाई दोस्ने मात्रै हो ? नेतालाई दोसेर हुदैन । हरेक नागरिकको योगदान हुनुपर्छ, देश बनाउन । नेतालाई गाली गरेर आफु उम्किने काम बन्द गरौं । जहाँजहाँ अप्ठ्यारो छ, त्यसलाई बनाउनका लागि योगदान गर्नुपर्छ । आफु बद्मासी गर्न कतै बाँकी नराख्ने, नेतालाई गाली गरिरहने प्रवृत्तिले देश सधैं यस्तै अप्ठ्यारोमा रहनेछ । यसैले सकेसम्म देश बनाउन लागौं । देश सक्कियो, बर्बाद भयो भन्ने भाष्य निर्माण नगरौं । स्वदेशमा लगानी गरौं, लगानी सुरक्षाको वातावरण बनाऔं ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]