बैशाख २०, २०८१ बिहीबार

भिजन विनाका नेता किन चाहियो ?

सम्पादकीय
विश्वमा धेरै राष्ट्रका नेताहरु जनताका भरोसा बनेका छन् । जनताको जीवनप्रति जिम्मेवार नेताहरुका कारण देश र जनता दुवैको हित भएको छ । तर, नेपालको सन्दर्भमा नेताको धेरै हित हुने काम भएका छन् । जनता र राष्ट्रको हित हुन अझै सकेको छैन । नेपाली जनताले देशको हित चाहेका छन् । राष्ट्रको हित चाहेका छन् । तर, नेपालको पछिल्लो राजनीतिक गतिविधिले जनतालाई निराश बनाएको छ । देशको अर्थतन्त्र बर्बाद बनाएको छ । देशमा यो राम्रो नेता हो भन्ने अवस्था छैन । सबै नेताका चाल उस्तै छन् । देशलाई विश्वसामु ठिक ढंगले चिनाउन सक्ने नेताको खाँचो भएको छ ।

राजनीतिक दलहरुले जनताको जीवनलाई प्रत्यक्ष रुपमा फाइदा हुने काम गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा दलहरु अग्रसर हुनुपर्ने हो । तर, यहाँ दलहरु सत्ता स्वार्थमा केन्द्रीत भइरहेका छन् । एक्ला एक्लै लढ्ने अवस्था नभए पछि गठबन्धन समेत बनाएर सत्तामोह प्रस्तुत गरिएको छ । जसरी पनि सत्तामा जाने र सत्ताको दुरुपयोग गरेर खाने नेताहरुबाट जनता र राष्ट्रको हित संभव छैन । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र जेजे आए पनि जनताको जीवनमा परिवर्तन आउन सक्नुपर्छ । जनताको जीवनमा परिवर्तन नआएसम्म कुनै पनि व्यवस्था परिवर्तनले अर्थ राख्दैन ।

देशमा युवा नेताहरुबाट धेरै आशा राखियो । तर, उनीहरु पनि दलभन्दा माथि उठेनन् । दलभन्दा माथि नउठ्नेहरुबाट देश बन्दैन । जनताको जीवनमा कुनै प्रभाव पर्दैन । यसैले देश र जनताको जीवनमा सोच्ने भिजन भएको नेता चाहिएको छ । देशलाई कस्तो बनाउने ? जनताको जीवनमा के परिवर्तन ल्याउने ? कुनै भिजन पाइदैन । भाषण र आसनले देश साच्चै विग्रिदैछ । रोजगार पाइने अवस्था छैन । रोजगार नपाएपछि लाखौं लाख नेपालीहरु परदेशमा श्रम गरिरहेका छन् । उत्पादन भएका वस्तुले बजार पाउन सकेको छैन । यसैले देश बचाउने नेता चाहियो । अब, यसै ढंगबाट अघि बढ्नेहरुलाई व्यापक खवरदारी गर्न जरुरी भइसकेको छ ।

प्रकाशित मिति : माघ ११, २०८० बिहीबार  १ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]