बैशाख १५, २०८१ शनिबार

थापाथली प्रसूति गृहबाट हराएको शिशु फेला

काठमाण्डौ – काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका अनुसार शिशुलाई काठमाण्डौको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो । शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिनुभएको थियो ।

उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०८० शनिबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]