बैशाख २३, २०८१ आईतबार

छोराको उद्धारको पर्खाईमा छन् बिर्तामोडका खनाल परिवार

बिर्तामोड । झापा बिर्तामोड -२ बेलडाँगी दक्षिण सुकुम्बासी वस्तीका २३ वर्षीय रविन खनालको तत्काल उद्धार गरिदिन परिवारले आग्रह गरेको छ । एक सातादेखि छोराले मानसिक सन्तुल गुमाएको भन्दै उनका बुबा भोगेन्द्र खनालले उद्धार गरिदिन आग्रह गरेका हुन् ।

दुई महिनाअघि साउदी अरवस्थित सफारी कम्पनी पुगेका खनाल चैत १८ गतेदखी मानसिक सन्तुलन गुमाएको उनका काका रेवती खनालले जानकारी दिए । मानसिक सन्तुलनमा समस्या आएपछि उनको रेखदेख साथीहरुले गरिरहेको बुझिएको छ । कम्पनीको क्वाटरमा बस्दै आएका खनालले देखाउने अनौठो व्यवहारले साथीहरुले समेत सम्हाल्न नसकिरहेको परिवारको भनाई छ । दिनप्रतितिदिन छोराको स्वास्थ्यमा समस्या बढिरहेको भन्दै खनाल परिवारले चिन्ता व्यक्त गरेको छ । परिवारले छोरा सुरक्षित रुपमा उद्धार गरिदिन आग्रह गरेको छ ।

साउदी अरवस्थित सफाई कर्मचारीका रुपमा गएका उनलाई काठमाडौंको हामदान ग्लोवल मेनपावरले पठाएको हो । बिर्तामोडका गणेश नेपालको सम्पर्क मार्फत खनाल हामदान मेनपावर मार्फत साउदी पुगेको परिवारले जनाएको छ ।

मेनपावर र गणेश नेपालसँग समन्वय भइरहेको छ, काका रेवती खनालले भने – उहाँहरुले उद्धारको लागि प्रयास भइरहेको बताइरहेका छन् । तर, ९ वित्दा पनि छोरा फर्किएको छैन । खनाल परिवारले सकुसल छोरा नेपाल झिकाइदिन माग गरेका छन् । सोमवार बिर्तामोड नगरपालिकास्थित रोजगार शाखाबाट खनालको उद्धारका लागि निवेदन समेत पठाइएको छ ।

खनाल परिवारको एक मात्र छोरा रविनको उद्धार गरेर उपचारका लागि सहयोग गरिदिन परिवारले माग गरेको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]