बैशाख २२, २०८१ शनिबार

झापासहितका किराना व्यापारीबाट ५७ लाख ठगि गर्ने नक्कली आर्मी कारागार चलान

बिर्तामोड । आर्मीको हवाला दिदैं पूर्वदेखि पश्चिम नेपालसम्म किरानाका व्यवसायीलाई ठगि राजकुमार राउत कारागार चलान भएका छन् ।

ठगिमा परेका व्यापारीको पायक पर्ने आर्मी ब्यारेकमा मेसको काम गर्छु भन्दै उनले लाखौं रुपैयाँ ठगि गरेको प्रमाणका आधारमा झापा प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको थियो । मेसमा किनेको सामानहरु विक्री गर्नु छ, म सामान सस्तोमा दिन्छु भन्दै पसलेहरुलाई प्रलोभनमा पारी विभिन्न ठाउँमा अलगअलग नाम (प्रदिप कार्की, राजन काफ्ले, दुर्गा कार्की ) हुँ भन्दै रकम ठगी गर्दै आएका थिए ।

पेशेवर रुपमा सोहि प्रकारको ठगि गर्दे हिड्ने राउतलाई गत चैत ६ गते पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको थियो । सप्तरी साविक दौलतपुर गा.वि.स. वडा नं. १ बाट बसाईसराई गरी जिल्ला झापा भद्रपुर न.पा. साविक वडा नं. १४ हाल वडा नं. १० मिलनचौकमा ४६ का राउतले झापा चारआलीका डाक बहादुर राई लगायत धुलावारी, बिर्तामोड र भद्रपुर समेत गरी १० जनालाई जम्मा ५७ लाख ८६ हजार ठगी गरेको भनि जाहेरी परेको थियो ।

उनलाई झापा जिल्ला अदालतले शुक्रवार ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउ नसकेपछि कारागार चलान भएको झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । राउतले पूर्वी पहाडका जिल्ला सहित पश्चिममा मोरङ्ग, सुनसरी, उदयपुर लगायतका बिभिन्न जिल्लाका व्यापारीलाई समेत ठगि गरेका छन् । व्यापारी लोभमा पर्दा नक्कली आर्मीले लाखौं ठगि गर्न सफल भएका थिए ।

र यो पनि पढ्नुहोस्नक्कली आर्मीको भेषमा इलामदेखि दैलेखसम्म दर्जनौं किराना व्यापारीलाई ठगि गर्ने काँकरभिट्टाबाट पक्राउ

प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]