बिर्तामोड । दलित अधिकारको क्षेत्रमा क्रियाशिल संस्था उत्पीडित अधिकार मञ्च (ओरिफ) नेपालको अध्यक्षमा सागर पोर्तेल चयन भएका छन् । उनी हल्दिवारी गाउँपालिकाका कार्यपालिका सदस्य एवम् प्रवक्ता हुन् । बुधबार बिर्तामोडमा भएको भेलाले उपाध्यक्षमा तारा बोगटी, सचिव तिलक गजमेर , सहसचिवमा प्रदीप परियार र कोषध्यक्षमा निता घतानीलाई चयन गरिएको निवर्तमान अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिए ।…