नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल

काठमाडौँ । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा सरकारले प्रस्तुत गरेको बजेटको अनुसूचीमा एमसीसीसम्बन्धी योजनाबारे उल्लेख भएको विषयमा थप स्पष्ट गर्नुपर्ने विषयमा छलफल भएको थियो । एमसीसी सम्झौता हाल संसदमा विचाराधीन रहेको र संसदले त्यसलाई अनुमोदन गरेमा सोही अनुसार जाने र अनुमोदन नभए सरकारले आवश्यक वैकल्पिक उपायबारे सोचेर अघि बढ्ने कुरा…