सरकारले खुवालङ फुटाउने निर्णय गरेको छैन‚ गलत प्रचार गरियो : मुख्यमन्त्री राई

मोरङ - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’  किरात समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन्। उदयपुर, धनकुटा र भोजपुरको संगमस्थल सहिदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मंगलबार भ्रमण गर्दै उनले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने…