तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी

काठमाण्डाै – अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई  विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको र यो देशको लागि गर्वको विषय भएको बताउनुभएको छ…