मुख्य समाचार

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार


काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ। सभामुख सापकोटाले आज (सोमबार) दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए। एमालेसँग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु पर्‍यो भन्ने हाम्रो भनाइ हो। असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा हामी जाँदैनौँ , उनले भने,’अब सभामुखसँग दुई वटा मात्रै विकल्प छन्, कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरुको लिस्ट टाँस्नुपर्‍यो नभए मार्ग प्रशस्त गर्नुपर्‍यो । ‘

आफूले कारबाही गरेका १४ जना सांसदको सूचना नटाँसेर सभामुखले उनीहरूलाई नयाँ दल खोल्न सहज बनाइदिएको भन्दै एमालेले लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ।

शेयर गर्नुहोस :

0
Shares