काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी क्षेत्रमा चौकी स्थापनाको काम गरेको छ । कालापानी र लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको हो । सशस्त्र प्रहरीको इन्सपेक्टरको नेतृत्वमा टोली कालापानी क्षेत्रमा पुगेर चौकी स्थापनाको काम सम्पन्न भएको छ । सरकारको निर्णयपछि सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले दार्चुलाको व्यास…