विराटनगर - प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार भेटघाटमा उनले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने दृढता व्यक्त गरे । आगामी माघ ७ गते प्रदेशसभा बैठक आह्वान भइसकेको जानकारी दिँदै…