आज संविधान संशोधन विधेयक पेस हुँदै

काठमाडौं– चार दिनअघि अन्तिम समयमा रोकिएको संविधान संशोधन विधेयक आज आइतबार प्रतिनिधिसभामा पेस हुँदैछ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको थियो । प्रमुख…