झापा । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ। आज शनिबार झापाको दमकमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्याली सहितको विरोध प्रदर्शन गरिएको हो । पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता , अशान्ति मच्चाउँदै हतियारको ब्यापार चलाएको र नेपालमाथि पनि अमेरिकाले विभिन्न…