बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वले सपथग्रहण गरेको हो । निर्वाचन समितिका संयोजक राजेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष सुवास भट्टराई लगायत पदाधिकारी, सदसयहरु र लेखा समिति सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।…