‘राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुन्छौं’

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुने बताउनुभएको छ । सोमबार पेसागत महासंघ नेपाल राष्ट्रिय समितिले काठमाडौंमा आयोजना गरेको  अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले समाजमा देखिएको समस्या समाधान गर्न राज्य बलियो हुनु पर्ने बताउनुभयो । अहिले नेपाली समाजमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढाउने काम भएको भन्दै उहाँले चिन्ता व्यक्त…