इलाम, २४ चैत : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ । सुहाङसहित हालसम्म सातजनाले मनानयन दर्ता गराइसकेका छन् । बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुग्नुभएका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक…