काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा इलामा क्षेत्र नं २ बाट सुहाङ नेम्वालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले बझाङको प्रदेश सभा १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिङ्गो पार्टी शक्ति नेकपा एमालेका…