काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुहार हेरेर कोरोना सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क हुन आग्रह गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कतिपयलाई कोरोना सङ्क्रमण भए पनि लक्षण नै नदेखिने र अनुहार हेरेर सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अहिले पनि दिनहुँ कोरोना सङ्क्रमित…