खानपान शैलीः पितापूर्खाबाट केही सिक्ने कि ?

हाम्रा पिता-पूर्खाले सदियौंदेखि खानपानको आफ्नै विशिष्ठ शैली अपनाउँदै आए । उनीहरु भुँईमा गुन्द्री ९सुकुल० ओछ्याएर पँलेटी कसेर बस्थे । शीरको टोपी उतार्थे । आफ्नो भागमा आएकामध्ये केही खानेकुरा अघिल्तिर चढाउँथे । विस्तारै आनन्दपूर्वक भात खान्थे । खाना खाइरहँदा उनीहरु संवाद गर्दैर्नथे । हतार गर्दैनथे । गुनासो गर्दैनथे । जुठो छर्दैनथे । भन्थे, ‘खाना खाँदा राजसी…