काठमाडौं । विश्वलाई आक्रान्त बनाइरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको खोप मानिसमा लगाउन थालिएको छ । कोरोना भाइरसले एक लाख ९० हजार बढी मानिसको ज्यान लिइसकेको अवस्थामा पहिलोपल्ट कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण थालिएको हो । उक्त कोरोना विरुद्धको सम्भावित खोपको परीक्षण बेलायतबाट थालिएको हो । बेलायतमा मानिसमा लगाउन थालिएको कोरोनाविरुद्धको खोपले विश्वलाई एउटा आश जनाएको छ ।…