बिर्तामोड । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि झापाका तिन वटा स्वास्थ्य संस्था छनोटमा परेका छन् । ६ वटा स्वास्थ्य संस्थाले मापदण्ड पुरा गर्न नसक्दा छनोटमा पर्न सकेनन् । परिक्षणका लागि दमकको बुद्ध डाइग्नोष्टिक एण्ड मेडिको सर्भिसेस प्रालि, शान्ति बुद्ध मेडिकल सेन्टर बिर्तामोड –१ र प्रधान डाइग्नोष्टिक सेन्टर प्रालि बिर्तामोडले मापदण्ड पुरा गरेका छन् ।…