क्षय रोगको परीक्षण केन्द्र सञ्चालनमा झापाका स्थानीय तह जिम्मेवार बन्नुपर्ने

भद्रपुर । नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले झापामा रहेको एकमात्र क्षय रोगको परीक्षण केन्द्रको सञ्चालनलाई निरन्तरता दिन स्थानीय तहहरु जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । नेपाल क्षयरोग निवारण संस्था झापाले शुक्रवार सञ्चालन गरेको क्याटेलेटिक परियोजनाको समीक्षा बैठकमा केन्द्रीय सदस्य श्रेष्ठले संस्थाले सञ्चालन गरेको क्षयरोग परीक्षण केन्द्रलाई सहयोग गर्न स्थानीय तहहरुलाई आग्रह…