मुख्य समाचार

मानबहादुर वि.क. सचिवमा बढुवा

मानबहादुर वि.क. सचिवमा बढुवा


काठमाडौँ । सरकारले सहसचिव मान बहादुर वि.क. लाई सचिवमा बढुवा गरेको छ ।

सोमबार अपराह्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका वि.क.लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र मधु मरासिनीलाई सिफारिस गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares