Banner news

पहिलोपटक सांसदलाई कोरोना

पहिलोपटक सांसदलाई कोरोना


काठमाडौं – नेपालमा पहिलोपटक एक सांसदमा कोरोना पोजिटिभ भेटिएको छ।

सोमबार पीसीआर परीक्षण गरेका कर्णाली प्रदेशका एक सांसदको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ।

‘एक जना सांसदको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, ती मन्त्रीले नेपालखबरसँग भने।

यसअघि स्थानीय तहका जनप्रतिनिधिहरुमा कोरोना पोजिटिभ पाइएको भए पनि सांसदमा भने पहिलोपटक पुष्टि भएको हो।

शेयर गर्नुहोस :

0
Shares