Banner news

झापाका ५ सहित थप ७४३ जनामा कोरोना

झापाका ५ सहित थप ७४३ जनामा कोरोना


बिर्तामोड । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। त्यसमा झापाका ५ जना छन् । यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्।

२४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १५७ जनाको मृत्यु भइसकेको छ।

शेयर गर्नुहोस :

0
Shares