बिर्तामोड । बिर्तामोड नगरपालिकाले साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको छ । आज सम्पन्न बैठकले नगर क्षेत्रभित्र लाग्ने सबै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको कार्यपालिका सदस्य निता घतानीले जानकारी दिइन् ।
घतानीका अनुसार बजारमा सञ्चालन भइरहेका व्यवसाय पनि स्वास्थ्य मापदण्ड अनुरुप मात्रै सञ्चालन गर्न निर्देशन गरिएको छ । नगरपालिकाले बैठकबाट २५ बेड क्षमताको आइसोलेशन तयारी गर्ने निर्णय गरेको छ । यस्तै, अटो ड्राइभरलाई पनि पाँच दिन होल्ड गराइने भएको छ । उनीहरुको कारण कोरोना भाइरस संक्रमण जोखिम बढेको भन्दै पीसीआर पीसीआर परीक्षण गरिने बताइएको छ ।
बिर्तामोड –५ मा समुदायस्तरमा कोरोना देखिएपछि नगरले बिर्तामोडस्थित रत्न र प्रसाई मार्केट सिल गरेको छ । सो क्षेत्रमा आजबाट ट्रेसिङको काम थालिएको घतानीले जानकारी दिइन् ।
बिर्तामोडमा समुदायस्तरमा कोरोना देखिँदा पनि नगरपालिका पूर्ण रुपमा सिल गर्नसकेको छैन ।







प्रतिक्रिया