Banner news

प्लाज्मा थेरापीबाट नेपालमा २० जना कोरोनामुक्त

प्लाज्मा थेरापीबाट नेपालमा २० जना कोरोनामुक्त


काठमाडौं– नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जानकारी दिनु भएको छ ।

डा. गौतमले कोभिड १९ का संक्रमित व्यक्तिहरुका लागि नियमित रक्तदान गर्न चाहने व्यक्ति तथा संस्थाले सुरक्षित तवरबाट रक्तदान गर्न सम्बन्धित अस्पताल, रेडक्रससँग समन्वय गरी सहयोग गर्न आग्रह गर्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares