काठमाडौं । सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो।
बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको ती मन्त्रीले जनाए ।







प्रतिक्रिया