Banner news

पाँचथरमा थप एक हप्ता निषेधाज्ञा

पाँचथरमा थप एक हप्ता निषेधाज्ञा

A view of Phidim, district headquarters of Panchthar, as seen from Ramite danda in Phidim Municipality-2, on Thursday, November 23, 2017. Photo: RSS

पाँचथर – जिल्लामा एक हप्ताका लागि लकडाउन (निषेधाज्ञा) थप गरिएको छ । पछिल्लो समय दिनानुदिन कोरोना संक्रमणको बढ्न थालेपछि पाँचथरमा थप एक हप्ताका लागि लकडाउन गरिएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पाँचथरको हिजो बसेको वैठकले आगामी भदौ २५ गते सम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानले जानकारी दिनुभयो ।

अत्यावश्यक सेवा तथा वस्तु ढुवानी र पूर्वाधार विकास निर्माण कार्यमा बाहेक अन्य दुई पाङग्रे सहित सवै सवारी साधान संचालनमा रोक लगाइएको छ । केहि दिन अघि स्वाब संकलन गरेर पठाइएका २५ वर्षीय जवानको परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै पाँचथरमा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ६ पुगेको छ ।

पहिलो पटक गत साउन २४ गते बिराटनगरबाट सरुवा भएर आएका एक प्रहरीमा संक्रमण देखिएसँगै परिक्षण बढाँउदा जिल्लामा संक्रमित प्रहरीको संख्या पनि बढ्न थालेको हो । यसअघि भदौ २ गते १ जना र त्यसपछि एकैसाथ तीनजना जनपथ प्रहरीमा संक्रमण पुष्टि भएको थियो । यसैगरी फिदिम स्थित सशस्त्र प्रहरीको फिदिम स्थित हिमशिखर गुल्ममा एक जना सशस्त्र प्रहरी जवानमा संक्रमण देखिएको छ ।

हालसम्म जिल्लामा ६ सुरक्षाकर्मी सहित कुल संक्रमितको संख्या १५ पुगेको छ । जसमध्ये ८ जना निको भएर फर्केका छन भने सकृय संक्रमितको संख्या ७ जना रहेको छ । कोरोना संक्रमण रोक्ने उपाय बारे पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरेले सरकारी कार्यालय, बैक बित्तिय संस्था खुल्ला हुने, कर्मचारी सरुवा भईरहने, तर उद्योग व्यापार वन्द गरिदिनु पर्ने, राजनैतिक दलले गर्ने वन्द भन्दा के फरक भयो भनेर प्रश्न गरेका छन । यसको उचित र सुरक्षित व्यवस्थापनमा ध्यानदिन जरुरी देखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares